नेकपा नेता गौतमले भनेः म मेरो प्रियमित्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव लड्दीन

काठमाडौं,१८ फागुन । नेकपा नेता तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टरमा दुर्घटना भएपछि अधिकाँसको एउटै आंकलन थियो अधिकारीको निर्वाचन क्षेत्र कास्कीको २ मा अब के हुने ? तर अधिकाँसको आकलन छ,अब अधिकारीको निर्वाचन क्षेत्रबाट नेकपाका बरिष्ठ नेता वामदेव गौतम निर्वाचनमा उम्मेदवार बन्छन् ।
कतिपय ले यो पनि आकलन गरेका छन् स्वर्गीय मन्त्री अधिकारीकी श्रीमति विद्या अब उम्मेदवारका रुपमा आउनेछिन या पार्टीले अधिकारीको योगदानको उच्च मुल्याङकण गर्दै उनकै परिवारको सदस्यलाई ल्याउने छ । ।

यहि आकलनकोबीचमा अधिकाँसले आकलन गरेका नेकपा बरिष्ठ नेता बामदेव गौतमले आज सामाजिक सञ्चालनमा आफ्नो प्रतिकृया दिनुभएको  छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमले दिवंगत नेता रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने विषयमा आफूलाई विवादित बनाइएको भन्दै खण्डन गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् आज विज्ञप्ती जारी गर्दै नेता गौतमले हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने रुची राखेको भन्दै चलेको बहसलाई कुप्रचारको संज्ञा दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ । ‘मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ ।’
नेता गौतमले भन्नुभयोः ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो ।’ नेता गौतमले मृत्युको शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको स्पष्ट पार्नुभएको छ ।
उहाँले आफ्नो इच्छाविपरित पार्टीले अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव लडाउने निर्णय गरे पनि आफूलाई मान्य नहुने उल्लेख गर्नुभयो । गौतमले अधिकारीको परिवारका सदस्यलाई नै उम्मेदवार बनाउन आफ्नो प्रयत्न रहने विज्ञप्तीमा प्रष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा प्रत्यक्ष निर्वाचित प्रणाली अन्तर्गत निर्वाचित सदस्यको पद रिक्त भए उपनिर्वाचनद्वारा पूर्ती गर्ने व्यवस्था छ । सत्तारुढ नेकपाका नेता स्वर्गीय अधिकारी प्रतिनिधिसभा चुनावमा कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।

फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो। नेपाली राजनितिक आकासमॉ उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मॉत्र हो।मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचार लाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरित पार्टीले निर्णयगरेछभने पनि मं कं रविन्द्रको दुखद निधनवाट खालिभएको निर्वाचन क्षेत्रमॉ उमेदवार वन्ने छैन। मेरो संपूर्ण प्रयत्न स्व.क.रविन्द्रको परिवार सदस्यलाई नै उमेदवार वनाउन लगाउने छु।
वामदेव गौतम
सदस्य, नेकपा के सचिवालय
१८/११/२०७५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here