नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २० जेठ– नेकपा एमालेको स्थायीेकमिटीको बैठक बस्दै छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा भोलि हुने प्रधानमन्त्रीको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभएको छ ।

एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वसम्मत रुपमा प्रधानमन्त्री हुन नदिने रणनीति अनुसार पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

त्यसका लागि एमालेले उपाध्यक्ष बामदेव गौतमलाई उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरेको बुझिएको छ । आज यसै विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here