काठमाडौं, १५ बैशाख– स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी विवाद बढेपछि आज एमालेले स्थायी कमिटिको बैठक बोलाएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो बस्ने बैठकमा स्थानीय निकायको निर्वाचन, पार्टीको भूमिका, घोषणापत्र, प्रचार,प्रसार लगायतका बारेमा छलफल हुने छ ।
निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेसँगै सरकारले ल्याएको संसोधन प्रस्तावको विपक्षमा उभिएको एमालेले त्यसको रणनीति तय गर्नेछ ।
साथै बैठकले स्थानिय तहको चुनावमा पार्टीको आकंलन, उम्मेदवार छनौटमा देखिएको विवाद लगायतका बिषयमा पनि महत्वपुर्ण छलफल गर्ने एमाले नेताहरुले जनाएका छन् ।
आजको बैठकमा केन्द्रीय कमिटीको बैठकका एजेन्डा तय गर्ने विषयमा पनि छलफल हुने छ । एमालेले भोली सम्ममा चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि हिजो एमालले राष्ट्रिय प्रचार भेला, नौ दलीय गठबन्धन गायतका छलफल कसाएको छ ।

