नेकपा एकताको काम तीनदिनमै पुरा हुन्छः महासचिव पौडेल

काठमाडौं,१ जेठ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव विष्णु पौडेलले जेठ पहिलो साता नै एकताको बाँकी काम पुरा हुने बताउनुभएको छ । उहाँले जेठ तीन गते भित्रै एकताको बाँकी काम सकिने उल्लेख गर्नुभयो ।

राष्ट्रिय सभागृहमा आज आयोजित युवा संघ २९ औं स्थापना दिवसको कार्यक्रममा उहाँले तीन गते जनसङ्गठनहरूको एकता, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र पोलिटब्युरो गठनको काम टुंगिने बताउनुभयो ।

नेकपाले पार्टी एकता र मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको अवसर पारेर पुरानो पार्टी कार्यालयमा कार्यक्रम राखेको छ। त्यही कार्यक्रममा एकता घोषणा हुने महासचिव पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here