नेकपामा आन्तरिक किचलो, भोली सचिवालय बैठक बस्दै

feli photo

काठमाडौं,५ असार । सत्तारूढ दल नेकपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पछिल्लो समय दुई अध्क्षक्षबीचको दुरी बढ्दै गएको विश्लेशन गर्दै गर्दा शीर्ष नेताहरु पार्टीका आन्तरिक विवादलाई अन्त्य गर्न छलफलमा जुटेका हुन् ।

दुई अध्यक्षबीच हिजो साँझा भएको अध्यक्ष केपी शर्मा ओली र पुष्पक कमल दाहालबीचको एक्ला एक्लै छलफलमा पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने सहमति भएको छ । दुबै अध्यक्षबीच प्रतिवेदनले पार्टीमा बढेको नेता कार्यकर्ताबीचको विचलनलाई कम गर्ने बुझाई छ ।

प्रतिवेदन प्रकाशनमा नआउँदा नेकपाको अन्तरिम राजनीतिक कार्यदिशाबारे नेताहरूबीच असमझदारी देखिएको छ । अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशन पनि नहुने र नेताहरूबीचमा कार्यदिशामा मतभेद देखिन थालेपछि तत्कालीन एमाले र माओवादी खेमाबीच भित्रभित्रै विवाद देखिन थालेको छ ।

यस विषयमा थप छलफल गर्न भोली(शुक्रबार) नेकपाको सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्रीको युरोप भ्रमणअगाडि २३ जेठमा बसेको सचिवालय बैठकमा जिल्लाको इन्चार्ज ÷सहइन्चार्ज चयनमा नेताहरूबीच सहमति जुट्न नसक्दा बैठक अनिर्णीत भएको थियो । प्रधानमन्त्री युरोप भ्रमणबाट फर्केपछि थप गृहकार्य गरी सचिवालय बैठक बस्ने गरी स्थगित भएको थियो । नेताहरूको कार्य विभाजनमा दोहोरो जिम्मेवारी दिन नहुने अडानमा रहेका वरिष्ठ नेता माधव नेपालसँग प्रधानमन्त्री स्वदेश फर्केपछि दुवै अध्यक्षले छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here