नेकपा अध्यक्षद्धय आन्तरिक छलफलमा

काठमाडौं,२२ असार ।  पार्टी एकतापछि आन्तरिक विवादमा रहेको नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्प कमल दाहालबीच छलफल हुदै छ ।

पार्टी एकताको सम्पुर्ण काम असार मसान्तसम्म सक्ने गरी अनौपचारिक सहमति भएपछि अध्यक्षद्वयले आन्तरिक छलफल र परामर्श तीव्र पारेका छन् । केन्द्रमा पार्टी एकीकरण भएको लामो समय बितिसम्दा पनि सम्पुर्ण प्रक्रिया नसकिएपछि चौतर्फी आलोचना बढ्दै गएको छ ।

दुई अध्यक्षबीच केहीबेरमा हुने छलफलमा विवादित बिषयमा सहमतिको प्रयास हुने नेता सुबासचन्द्र नेङवाङले जानकारी दिनुभयो । राजनीतिक दस्तावेज निर्माण र नेताहरुको कार्यविभाजनमा २ अध्यक्षबीच दुरी बढेपछि सम्पुर्ण बिषय थाँती रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here