नेकपामा पाँच भाईको प्रतिवेदन, संकटमा नेतृत्व ! (प्रतिवेदनको पूर्णपाठ सहित)

काठमाडौं,१२ फागुन । नेकपा एमाले र माओवादी केन्द्र बिच बनेको गठबन्धन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ठुलो विवाद देखिने प्रष्ट भएको छ । हालका गृहमन्त्री राम बहादुर थापाको नेतृत्वमा बनेको कार्यदलले सोच अनुरुपको काम गर्न नसकेको भन्दै खारेज गरिएपछि पार्टीभित्र चर्काे मतभेद देखिएको छ । आज पाँच नेताले लिखित प्रतिवेदन बुझाएपछि नेकपामा नेतृत्वको विवाद बढ्ने निश्चीत जस्तै भएको छ ।
सांगठनिक एकता टुंगो लगाउन स्थायी कमिटीले रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाएको थियो । तर, प्रदेश कमिटी गठनको निर्णय सच्याउन संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेल तयार नभएपछि कार्यदलले प्रभावकारी रुपमा काम गर्न सकेन । शुक्रबार बसेको सचिवालय बैठकले कार्यदल भंग गर्दै सचिवालयले नै प्रस्ताव बनाउने निर्णय र्गयो । तर, विघटित कार्यदलका पाँच सदस्य सुरेन्द्र पाण्डे, वर्षमान पुन, देवुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले सचिवालयको निर्णयलाई चुनौती दिँदै आज लिखित प्रतिवेदन बुझाएका छन् ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्प कमल दाहाललाई बुझाइएको प्रतिवेदन स्थायी कमिटी सदस्यहरुलाई बोधार्थ दिइएको छ । प्रतिवेदनमा कार्यदलमा उत्पन्न विवादबारे उल्लेख छ । भनिएको छ, ‘अन्य पार्टीबाट प्रवेश गरेको व्यक्तिहरु मापदण्ड नपुगेको भए पनि राख्नुपर्ने हो भने कम्तिमा पार्टीको संगठित सदस्यता दिने प्रक्रिया पुरा गरेर राखौं र विधानको धारा ३० (घ)लाई प्रयोग गरेर मापदण्ड पुगेर पनि छुटेका व्यक्तिहरुलाई समावेश गरौं भन्ने प्रस्तावलाई सकारात्मक ढंगले लिइएन ।’
प्रतिवेदनमा सांगठनिक एकीकरणको मापदण्डहरु समेत सिफारिस गरिएको छ । १४७ सदस्यीय पोलिटब्यूरो गठन गर्दा केन्द्रीय कमिटीको अनुपातमा पूर्व एमालेबाट ८१ र पूर्व माओवादीबाट ६६ सदस्य प्रस्ताव गरिएको छ । जसमा पूर्व एमालेबाट निवर्तमान, पहिले पोलिटब्यूरोमा रहेर क्रियाशील, तीन वा त्यसभन्दा बढी पटक केन्द्रीय सदस्य भएका र दोस्रो पटक पोलिटब्यूरो सदस्य भएका महिला, दलित, मधेसी र जनजातिलाई राख्न सिफारिस गरिएको छ । पूर्व माओवादीबाट कार्यालयका सबै सदस्य,सचिवालयका वरिष्ठ सदस्यहरु र एकताबाट आएका मध्ये वरिष्ठ सदस्यहरुलाई राख्न सिफारिस गरिएको छ । पोलिटब्यूरो गठन गर्दा विधानको धारा ३४ (ख)लाई कडाईको साथ पालना गर्नुपर्ने उल्लेख छ ।
यस्तै केन्द्रीय कमिटीको कार्यविभाजनमा एक व्यक्ति एक पद लागू गर्न, प्रदेश र त्यस स्तरका कमिटी, किसान, महिला, मजदुर, युवा, विद्यार्थी, पेशागत, उद्योग व्यवसाय एवं सांस्कृतिक फाँट र समग्र प्रवास क्षेत्रको इन्चार्ज तथा प्रतिष्ठानहरुको प्रमेख स्थायी कमिटी सदस्यलाई बनाउन भनिएको छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको इन्चार्ज पोलिटब्यूरो सदस्यलाई बनाउने, नभए वरिष्ठ केन्द्रीय सस्यलाई बनाउनृे, बाँकी पोलिटब्यूरो सदस्यलाई विभिन्न फाँटका इन्चार्ज, सहइन्चार्ज तथा विभागका प्रमुख र उपप्रमुख बनाउन पनि कार्यदलका पाँच सदस्यले सिफारिस गरेका छन् ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here