नेकपाको सचिवालय बैठक अाजपनि बस्दै

काठमाडाैं,७ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अाजपनि बस्ने भएकाे छ । बैठकमा आजबाट तल्लो  कमिटी एकीकरणको विषयले प्रवेश पाउने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको असहमति सहितको पत्र अस्वीकृत भएपछि तल्लो कमिटी एकीकरणको विषयले प्रवेश पाउने भएको हाे । बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ३ बजेपछि बस्ने छ ।

प्रदेश अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्जलगायत पदाधिकारी छनोटमा पक्षपात भएको भन्दै नेता नेपालले दशैं अघि दर्ता गराउनु भएको सो पत्र गत गत आइतवार र सोमवारको सचिवालयले बैठकले अस्वीकृत गरेको थियो ।

यद्यपि नेता नेपालले बैठकलाई सम्बोधन गर्दै सहमतिमा अघि बढ्न नेतृत्वलाई सुझाउनु भएको थियो । गत असोज ५ गते बसेको सचिवालय बैठकले सातै प्रदेशमा अध्यक्ष, सचिव, इन्चार्ज, सहइन्चार्जसहितको पदाधिकारी तोकेको थियो ।

प्रदेशबाट प्राप्त सिफारिसमा थप छलफल गर्दै आजको बैठकले प्रदेश कमिटिलाई अन्तिम रुप दिने सम्भावना रहेको रिमालको भनाई छ । हाल ४ सदस्यीय मात्र रहेको सो कमिटि एक सय जना हाराहारीको बनाउने तयारी नेकपाको छ । नेकपाले जिल्ला, क्षेत्र हुँदै तल्ला कमिटिको एकीकरण क्रमैसँग गर्ने जनाएको छ । आगामी कार्तिक १२ गते स्थायी समिति बैठक बोलाईएकाले सो अगावै सवै एकीकरण टुङ्ग्याउने नेकपाको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here