काठमाडौं,१८ चैत । नेकपाको संघीय संसदीय दलको कार्यालयले बारा र पर्साका हावाहुरी पिडितलाई एक दिनको तलव दिने भएको छ ।
आज जारी गरेको विज्ञप्तिमा नेकपाका संघीय दलका पदाधिकारी तथा सम्पूर्ण सांसदको तर्फबाट १ दिनको पारिश्रमिक बराबर प्राप्त हुने रकम राहत स्वरूप उपलब्ध गराउने निर्णय भएको व्यहोरा उल्लेख छ ।

