नेकपाका दुई अध्यक्षको दुईजिब्रे वक्तव्य:कहि नभएको जात्रा कुन्नी कहाँ–नेता प्रधान

काठमाडौं,२५ माघ ।  नेपाली कांग्रेसका सांसद् भीमसेन दास प्रधानले भेनेजुएला प्रकरणमा सत्तारुढ दलका छुट्टा–छुट्टै विज्ञप्ति र अभिव्यक्तिले कूटनीतिक क्षेत्रमा भ्रम सिर्जना गरेको बताउनुभयो ।

प्रतिनिधी सभाको आजको बैठकमा बोल्दै प्रतिपक्षदलका नेता प्रधानले नेकपाका एउटा अध्यक्षले एउटा वक्तव्य जारी गर्ने र अर्कोले खण्डन गर्ने कामले कहि नभएको जात्रा कुन्नी कहाँ भनेझै भएको उल्लेख गर्नुभयो ।

उहाँले ‘सत्तारुढ दलका दुईवटा अध्यक्षको दुईजिब्रे वक्तव्यले जनतामा भ्रम पारेको दावी गर्नुभयो । उहाँले एउटा अध्यक्षले वक्तव्य जारी गर्ने र अर्कोले खण्डन गर्ने कार्यलाई कूटनीतिक क्षेत्रमा हास्यास्पद् रूपमा लिइएको   टिप्पणी समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here