काठमाडौं,१४ साउनः चिनियाँ कम्यूनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङ र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो । भेटमा अध्यक्षले कम्यूनिस्ट पार्टीबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गर्नुभयो ।
चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाई थियो । उपमन्त्री चिङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनानुभएको थियो । उहाँले ठूला कम्यूनिस्ट पार्टीहरूको एकताबाट देशमा स्थायित्व कायम भएकोमा बधाई दिनुभयो ।

