नृत्यको महासंग्राम (डिआईडि) का सल्लाहकार केशव परीयार द्धारा सहयागको घोषणा

बिष्णुकुमार देवकोटा
दाङ ६ मंसीर

राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम (डिआईडिड)को प्रमुख सल्लाहकार केव परीयारले कार्यक्रमलाई भव्य र सभ्य रुपले सुसम्पन्न गर्नका लागि विभिन्न सहयोगको घोषणा गर्नुभएको छ ।
नृत्य बिद्याको सफल कार्यक्रम डान्स आईकन नेपाल (डआईडि)को सुरुवाति चरण बाट प्रमुख सल्लाहकारको हैसियतमा आर्थीक, भौतिक तथा नैतिक सहयोग गर्दै आउनुभएका परियारले तेश्रो संस्करण सीजन ३ का लागि मेगा राउण्ड देखि फाईनल राउण्ड सम्मका लगि सभागृह (भेनु), केन्द्रिय कलाकारहरु (जज) संगको समन्वय र यातायात क्षेत्रबाट पुर्ण सहयोग गर्नै परियारले घोषणा गरेको डि टेन इन्टरटेन्मेन्ट प्रा.लि.का अध्यक्ष एवं (डिआईडि) का प्रमुख कार्यकारी निर्दैशक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभएको छ ।

जिल्लाको कला क्षेत्रको उत्थान, बिकास, प्रचारप्रसार मा गहीरो रुचि राख्ने परियार स्वयं पनि कलाकार हुनुहुन्छ ।
परीयार सेवा समाजका केन्द्रिय सदस्य एवं दलित युवा अभियन्ता तथा पाण्डवेश्वरी यातायात प्रा.लिका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका परीयार समाजसेवाको क्षेत्रमा सकृय हुनुहुन्छ ।
सफल यातायात व्यवसायीको क्षवि बनाउनु भएका परियारले भन्नु भयो –“ कुनै बेला दलित समुदायको धरोहर रहेको कला क्षेत्र लाई उच्चतम बिन्दु सम्म पुर्याउन म (डिआईडि) संग जोडिएको हुँ ” ।
डान्स आइकन दाङ मा विभिन्न टाईटल बिजेताहरु नेपालकै ठूलो टिभी रीयालिटी शो छमछमिमा आफ्नो अबसरहरु देखाई सकेका छन् ।
“ नृत्यको महासंग्राम (डिआईडि) मा भाग लिएका भाई बहिनिहरु देशकै सर्वाधिक सफल कार्यक्रमहरुमा आफ्नो जबर्जस्त उपस्थिती देखाई सकेका छन्। (डिआईडि) एक सफल कार्यक्रम भएका कारण मैले सहयोग गर्नै निर्णय गरेको हुँ” । परीयारको कथन छ ।

दाङ बाट संचालन हुने सर्बाधिक धनराशीको नृत्य बिद्याको प्रतिस्पर्धात्मक नृत्यको महासंग्रामका अघिल्ला दुई संस्करणहरु सर्बाधिक सफल कार्यक्रम मानिन्छन् छन् ।
दाङ लाई अधार बनाएर अनलाईन संस्करण मार्फत दृशै भरी र स्थलगतरुपमा प्रदेश नं ५ भरीका जिल्लाहरुमा अडिसन लिई संग्रामको तयारी गरीएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here