नुहाउने क्रममा करेन्ट लागेर दुई बालकको मृत्यु

Dead body in a mortuary

धनगढी,२० चैत । धनगढी उप–महानगरपालिकामा करेन्ट लागेर दुई बालकको मुत्यु भएको छ। उपमहानगरको वडा नम्बर ३ मिलन चोकमा रहेको पर्शुराम बानियाको घरमा नुहाउने क्रममा आज करेन्ट लागेर दुई बालकको ज्यान गएको हो।

नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर बानियाँका ५ वर्षीय छोरा आयुश बानियाँ र सोही घरमा डेरा गरि बस्दै आएका कैलारी गाउँपालिका कोईलही तालका छक्क चौधरीका ५ वर्षीय छोरी अनामिका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बानियाँको धनगढीस्थित माया मेट्रो अस्पताल र चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here