नुवाकोटका बासिन्दा बैंकिङ पहुँचभन्दा टाढा

काठमाडौं १० माघः वित्तीय क्षेत्रको विकास द्रुत गतिमा भइरहँदा काठमाडौँको छिमेकी जिल्ला नुवाकोटका बासिन्दा बैंकिङ पहुँचभन्दा टाढा छन् ।

काठमाडौँबाट ४५ किलोमिटर उत्तर तथा नुवाकोटको दक्षिण पश्चिममा पर्ने पञ्चकन्या र शिवपुरी गाउँपालिकामा राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि बैंक तथा वित्तीय संस्था पुगेका छैनन् ।

तुलनात्मकरुपमा विकास शहरमा ‘बैंकमा ग्राहक आउने होइन, ग्राहकमा बैंक पुग्ने’ योजना सार्वजनिक भइरहँदा सो क्षेत्रका बासिन्दा वित्तीय सेवाबाट वञ्चित रहँदै आएका छन् ।

पञ्चकन्या गाउँपालिका–५, शिवपुरी गाउँपालिका– ५, ६ र ७ का बासिन्दाका लागि भनेर नेपाल राष्ट्र बैंकको सहयोगमा तितिक्षा फाउण्डेसन र कुण्डला भूपू विद्यार्थी समाजले कुण्डला उच्च माविमा आयोजना गरेको वित्तीय शिक्षा कार्यक्रममा सहभागी अधिकांशले आफ्नो बैंक खाता नभएको बताएका छन् ।

पञ्चकन्या र शिवपुरीमा कुनै पनि बैंक तथा वित्तीय संस्था छैनन् । बैंकमा पुग्नका लागि कम्तिमा डेढ घण्टाको बाटो हिँड्नुपर्ने र खाता खोल्दाको फाइदाका विषयमा जानकारी नभएकाले आफूहरुले बैंकमार्फत कारोबारमा चासो नदिएको उनीहरुले बताएका छन् । उक्त वित्तीय शिक्षा कार्यक्रममा सहभागी दुर्गा सिटौलाले बैंकमा धाउन समस्या हुने बताउनुभयो । आफूहरुसँग भएको रकम समूह बनाएर संकलन गर्दै आएको र त्यसमध्येबाट काम चलाउने गरेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here