नीति तथा कार्यक्रमको विषयमा मौन बसेर काँग्रेसले गल्ती गर्योःडा शेखर कोइराला

विराटनगर, १४ जेठ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संघीय संसद्मा पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस मोरङ र जापान इन्टरनेशनल फाउण्डेशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारको नीति तथा कार्यक्रमको विषयमा मौन बसेर काँग्रेसले गल्ती गरेको बताउनुभयो ।

नेता कोइरालाले लोकतन्त्र बचाउने दायित्व काँग्रेसको काँधमा आएको उल्लेख गर्दै एउटा निर्वाचनमा पराजय हुँदैमा काँग्रेसप्रति जनताकोे आस्था र विश्वास नघट्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन १ नं प्रदेशका अध्यक्ष नारायणबाबु कार्की, पूर्वसांसद पुष्कर आचार्य र काँग्रेस जिल्ला सचिव नागेश कोइरालाले पार्टीलाई संगठित बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here