काठमाडौं,२६ असारःनिषेधित क्षेत्रको अवज्ञा गरेको भन्दै प्रहरीले मानव अधिकार तथा शान्ति समाजका २५ जनालाई हिरासतमा लिएको छ ।
सिंहदरवारको दक्षिण गेट अगाडि सो समाजले गरेको धर्ना र प्रदर्शनका क्रममा प्रहरीले कृष्ण पहाडी, डा. गंगाधर अधिकार, कृष्ण कँडेल, उत्तम पुडासैनी, रेणुका पौडेल, बटुककृष्ण ढुंगेल लगायतलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
उनीहरु सरकारले स्वेच्छाचारी र स्वतन्त्रता विरोधी निर्णय एवं गतिविधि गरेको भन्दै प्रदर्शनमा उत्रिएका थिए । यद्यपी सो समाजले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ ।

