नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको स्वर रहेको ‘कोरेर मिठा भावहरु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
विपी वाग्लेको संगीतमा निशानले मनछुने गीतमा स्वर दिएका छन् । भिडियोमा निरु त्रिपाठी र राजन खतिवडाको अभिनय छ । गीतका शब्द भने त्रिपाठीकै हुन् । नवीन भट्टले निर्देशन गरेको भिडियो मिसन इन्टरटेन्स्मेन्टले बजारमा ल्याएको हो ।

