निर्वाचन सुरक्षा कडा ३९ जना पक्राउ

web

चितवन,१२ मंसिर– चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण आजसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि जिल्लामा गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका २० जना र विभिन्न गुण्डागर्दीमा संलग्न १९ जना रहेका छन् ।

पछिल्लो समयमा पेस्तोल र गोलीसहित भरतपुर महानगरपालिका– १६ का पूर्णबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै विमल बराल र गुञ्जसिंह गुरुङलाई समेत पक्राउ गरी मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here