निर्वाचन सुरक्षामा सेनाको सक्रियता

काठमाडौं,१५ कार्तिक–नेपाली सेनाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षामा चुनौती देखाउँदै मतदानस्थलसहित संवेदनशीलस्थानमा निगरानी बढाएको छ ।
सेनाले सुरक्षाका लागि पल्टनलाई नियमित पेट्रोलिङ गर्न निर्देशन दिएको छ । स्थान अनुसारको सुरक्षा चुनौतीका आधारमा सेनाको सुरक्षा फौजले मतदानस्थल र त्यस आसपास पेट्रोलिङ थालेको हो ।
निर्वाचन सुरक्षाका लागि सेनाले ६४ हजार २० जना सैनिक खटाउने जनाएको छ । यसै गरी सेनाले मुलुकको पछिल्लो राजनीति, निर्वाचन र सुरक्षा अवस्थाबारे छलफल गर्न पृतनापतिहरूको बैठक बोलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here