काठमाडौं, २६ फागुन– सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी संसदमा पेस गरेको विधेयक आज दर्ता हुने भएको छ ।
यो विधेयक मङ्गलबार नै संसद्मा पेस भएपनि प्राविधिक कारणले आज दर्ता जनाइएको छ । विधेयक पारीत भएपछि गठन हुने आयोगले हाल कायम रहेका २ सय ४० निर्वाचन क्षेत्रलाई १ सय ६५ निर्वाचन क्षेत्रमा परिणत गर्नेछ ।
सामान्यतया निवाृचन क्षेत्र निर्धारण प्रत्येक १० वर्षमा हुने विश्वव्यापी मान्यता छ । तर, संविधान जारी भइपछि गठित नयाँ संरचनाका कारण पुनः क्षेत्र निर्धारण हुन लागेको हो ।

