निर्वाचन कार्यालय सकेट बम

धादिङ,३ मंसिर–धादिङ जिल्ला निर्वाचन कार्यालय धादिङमा सकेट बम फेला परेको छ । बम निर्वाचन कार्यालयको गेटमा झोलामा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक धुव्रराज राउतले बताउनु भयो ।
बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतपेटीका गाउँ गाउँका मतदान स्थलमा लैजाने क्रममा सेनाले बम फेला पारेको हो ।
निर्वाचनका समयमा हुन सक्ने घटनालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले सुरक्षा व्यवस्थामा कडाई गरेको छ । उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाली प्रहरी, म्यादी प्रहरी खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here