बागलुङ, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।
नेपाली काँगेस बागलुङ क्षेत्र नं २ को भेलालाई आज कुश्मीसेरामा सम्बोधन गर्दै उहाँले निर्वाचन कसैले चाहेर पनि टार्न नसक्ने बताउनुभयो ।
नेता पौडेलले “मुलुक निर्वाचनतिर होमिएको छ, अब कुनैपनि ताकतले निर्वाचन रोक्न सक्दैन” भन्दै “संविधान कार्यान्वयनका लागि निर्वाचन अहिलेको प्रमुख आवश्यकता हो बताउनुभयो ।” रासस

