निर्वाचन आयोग विरुद्ध कमल थापा सर्वाेच्च जादै

काठमाडौं,९ भदौं– निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिक दल दर्ता गरेसँगै राप्रपा उक्त निर्णय विरुद्ध आज सर्वोच्च जाने भएको छ । हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गर्ने सम्वन्धमा गरेको निर्णय त्रुटिपूर्ण एवं कानून सम्मत नरहेको भन्दै उक्त निर्णयको बिरुद्धमा कानूनी उपचारको लागि अदालत जाने निर्णय गरेको हो ।

राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो पक्षमा रहेका नेताको किर्ते हस्ताक्षर गरेर राणा गुटले बुझाएको निवेदनलाई आयोगले सदर गरेकोमा आपत्ति समेत जनाउनु भएको छ ।

राणा समूहले दल दर्ताका लागि हस्ताक्षर बुझाएका ७२ जनाध्ये प्रह्लाद शाह, विन्दा गिरी, डा.भिमसेन गुरङ, निरञ्जन थापा लगायतका नेताहरु राप्रपाको बैठकमा सहभागी भएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here