काठमाडौं,२६ कार्तिक– निर्वाचन आयोगले उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाएको छ । विभिन्न स्थानमा उम्मेदवारमाथि आक्रमण हुन थालेपछि आयोगले सुरक्षा संयन्त्रको बैठक बोलाएको हो ।
रोल्पा र रुकुममा उम्मेदवारलाई लक्ष्यित गर्दै आक्रमण भएपछि निर्वाचन सुरक्षामा चुनौती थपिएको भन्दै आज चारवटै सुरक्षा निकायका उच्च अधिकारीसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार छलफलका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अुनसन्धान विभागका प्रमुखलाई बोलाइएको छ ।
राजधानीको कान्तिपथस्थित आयोग परिसरका दिउँसो १ बजे हुने छलफलमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका देखिएको सुरक्षा चुनौतीका विषयमा छलफल हुने प्रवक्ता ढकालले बताउनुभयो ।
निर्वाचनका लागि गृहमन्त्रालयले तीन तहको सुरक्षा योजना यसअघि नै तयार पारिसकेको जनाएको छ ।

