निर्वाचन आयोगद्धारा आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दै

काठमाडौं, २२ बैशाख– निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन संगै निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ ।
निर्वाचन आयोगले आज मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न वितरण गर्ने भएको हो ।
पहिलो चरणको निर्वाचन अन्तर्गत वैशाख १९ गते उम्मेदवारी दर्ता गराएका र उम्मेदवारी फिर्ता लिएर बाँकी रहेका उम्मेदवारहरूलाई आज निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरीने प्रवक्ता शर्माले बताउनुभयो । यसअघि बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
आयोगले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here