निर्वाचन आयोगद्धाराले सुरु गर्यो सुक्ष्म अनुगमनकर्ता तालिम

काठमाडौं,१४ मंसिर–  निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा खटिने सुक्ष्म अनुगमनकर्तालाई आज तालिम दिने भएको छ ।

निर्वाचन आचारसंहिता पालना भए नभएको, उम्मेदवारका लागि तोकिएको खर्चको सीमा लगायतका विषयमा अनुगमनका लागि अपरान्ह १ बजे उपसचिव र अधिकृत स्तरका अनुगमनकर्तालाई तालिम प्रदान गर्न लागिएकोे आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । तालिम प्राप्त अनुगमनकर्ताले निर्वाचनमा भएका गतिविधिलाई सुक्ष्म रुपमा अनुगमन गर्ने गर्दछन् ।
दोस्रो चरणमा मंसीर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसंगै दलका प्रतिनिधि तथा उम्मेदवारद्वारा निर्वाचन आचारसंहिता उलंघनका घटना बढ्न थालेका छन् । निर्वाचन आचारसंहिताको पालना नभएको भन्दै पछिल्लो समय आयोगले आफैं अनुगमन सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here