निर्वाचन आयोगको भनाई लत्याउदै, प्रदेश नम्बर २ को निर्वाचन सर्यो, असोज २ गते सोमबारका दिन चुनाव हुने

 

काठमाडौं, १ असार–  स्थानीय तहको दोस्रो निर्वाचन अन्तरगत प्रदेश नम्बर २ को निर्वाचन सरेको छ
भने बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ ।

प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते गर्ने मोटामोटी सहमित भएपनि त्यसको पुर्ण निर्णय भन मन्त्रीपरिषदको बैठकले गर्ने छ ।
आज सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो ।

राजपासँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । तर, आयोगले चुुनाव सारे पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको थियो ।

आयोगको चेतावनीलाई अस्वीकार गर्दै कांग्रेस र माओवादीले राजपासँग चुनाव सार्ने सहमति गरेका हुन । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here