निर्वाचन आयोगको कडा निर्देशन, राजनीतिक दल सच्चिनु पर्छ

काठमाडौं,२२ कार्तिक– निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई पुनः निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई सचेत गराउनु भएको हो ।

निर्वाचनमा बालबालिकाहरुको प्रयोग भईरहेको गुनासो बढ्दै गईरहेका बेला आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले आयोग निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग हुन नदिन सजग र सचेत रहेको पनि स्पष्ट पार्नु भयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दलका शिर्ष नेतृत्वसँग पटक–पटक आग्रह गरिएको पनि जानकारी दिनु भयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले जिल्ला जिल्लामा निर्वाचनमा बालबालिका प्रयोग नगर्न सरोकारवाला निकायलाई अभियान नै संचालन गर्न पनि आह्वान गरे ।

उनले सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर निर्वाचनमा बालबालिका प्रयोग नगर्न अभियाननै संचालन गर्ने व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here