निर्वाचन अपांगता भएका व्यक्तिको समावेशबारेको रिटमाथि फेरि सुनुवाइ हुदै

काठमाडौं,२९ असोज– आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गराउनुपर्ने व्यवस्था निर्वाचन कानुनमा नभएको भन्दै परेको रिटमाथि आज फेरि सुनुवाई हुने भएको छ ।
अपांगता भएका व्यक्तिहरुलाई पनि समावेश गरेर निर्वाचन आयोगमा बन्द सूची दर्ता गर्नुपर्ने बाध्यकारी व्यवस्था नभएको भन्दै अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीलगायतले रिट हाल्नु भएको थियो । सोही रिट उपर सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुने भएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या १ दशमलव ९४ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here