काठमाडौं, १ जेठ– जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका सबै उम्मेद्वार विजयी भएका छन् । वडा अध्यक्षमा माओवादी केन्द्रका मानबहादुर पुनले २ सय ६९ मत पाएर विजयी हुनुभएको हो । वडाको सदस्यमा रामसरी राना, भद्री दमाई, कृष्ण राना र चन्द्रबहादुर पुन विजयी हुनुभएको छ ।
ललितपुरको महांकाल गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा एमालेका उम्मेद्वार विजयी हुनुभएको छ । वडा अध्यक्षमा एमालेका उम्मेद्वार रामकृष्ण आचार्यले ३६१ मत ल्याएर विजयी हुनुभएको हो । यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याउनुभयो । यस्तै गाउँपालिका प्रमुखमा भने स्वतन्त्र उम्मेद्वार (साझा पार्टीका) गणेश केसी अघि रहनु भएको छ । उहाँले ३१७ मत ल्याउनुभएको छ ।
दोलखामा कांग्रेसले खाता खोलेको छ । जिरी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका लाक्पा शेर्पा वडाध्यक्ष निर्वाचित भएका छन् ।
त्यहाँ सबै वडा सदस्य समेत कांग्रेसले जितेको छ । कांग्रेसका विजयी शेर्पाले २ सय ९७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका साङ्गे शेर्पाले १ सय ८२ मत ल्याए । एमालेका निमा शेर्पाले १ सय ३१ मतमा चित्त बुझाएका छन् ।
मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ। आज बिहान सकिएको मतगणनामा एमाले उम्मेदवार लोकेन्द्र बहादुर घले २१४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता लामा ३१ मतले पाराजित हुभएको छ ।
माओवादी केन्द्रले रुकुम जिल्लाका दुई वटा वडाबाट विजयी सुरुवात गरेको छ । बाँफिकोट गाउँपालिका १ र सानीभेरी गाउँपालिका १ मा माओवादीका उम्मेदवारहरु विजयी भएका छन् ।
बाँफिकोट गाउँपालिका १ मा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानललाई हराउँदै माओवादी केन्द्रले विजयी सुरुवात गरेको हो । संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार कर्णवहादुर मल्ललाई ५० मतले पराजित गर्दै माआवादी केन्द्रका हर्कु मल्ल वडा अध्यक्षमा विजयी भएका हुन् ।
कुल ४ सय ४४ मत खेसकामा हुर्क मल्लले २ सय १८ मत प्राप्त गर्दा संयुक्त प्यानलका कर्णवहादुर मल्लले १ सय ६८ मत प्राप्त गरे । महिला सदस्य बाहेक अन्य सबै पदमा माओवादी केन्द्र विजयी भएको हो ।
विजयी मध्ये दलित महिला सदस्यमा बुद्धि कामी, अन्य सदस्यमा काले कामी र बलवहादुर जैसी रहनुभएको छ ।
त्यस्तै– सानीभेरी गाउँपालिका १ मा नेकपा माओवादी केन्द्रका टेकवहादुर पुन विजयी भएका छन् ।
मकवानपुरमा गाउँपालिका १ मा काँग्रेसका उम्मेदवार खगेन्द्र वाइवा विजयी भएका छन् ।
हुम्लाको सिमकोट गाउँपालीका १ मा नेपाली काँग्रेसले अध्यक्ष सहित दुई सदस्य, र माओवादी केन्द्र १ सदस्य निर्वाचित भएका छन् ।
सिन्धुलीमा नेकपा माओवादी केन्द्रको गोलन्जोर गाँउपालिका १ डुढभन्ज्यांग बाट विजयी शुरु भएको छ । माओवादी केन्द्रका वडा अध्यक्ष मिन बहादुर सुनुवारले ५२८ मत ल्याई जियी हुनु भएको छ ।
डुढभन्ज्यांगमा माओवादी केन्द्रका ३ सदस्य सहित ४ जना विजयी भएका छन् भने नेपाली काँग्रेस बाट एक जना खुल्ला सदस्य विजयी भएका छन् । गोलन्जोर गाँऊपालिकाको अध्यक्षमा पनि माओवादी केन्द्र कै अग्रता छ ।
यता मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यान विजयी भएको छ ।
त्यस्तैः सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा माओवादीका नवराज कार्कीको प्यानल विजयी हुनुभएको छ ।
यता कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा एमालेका सुरज गुरुङ ५५७ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ । उक्त वडामा एमालेको प्यानलले नै विजय हाँसिल गरेको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेस विजयी। निर्मल तण्डुकार अध्यक्ष बन्नुभएको छ ।
जाजरकोट शिवालय गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल विजयी । अध्यक्षमा मानबहादुर पुनले २ सय ६९ मत ल्याउनुभएको छ ।
सुर्खेतको लेकबेसी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका मानबहादुर पुन वियजी । यो वडामा एमालेको प्यानल नै विजयी भएको हो ।

