काठमाडौं,६ पुस– नेपाल निर्माण व्यवसायी महासंघले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सरकारलाई धन्यबाद ब्यक्त गरेको छ ।
महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएको हो ।
देउवासंगको भेटमा महासंघका अध्यक्ष श्रेष्ठले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम भई तीव्र रुपमा आर्थिक उन्नति हुने विश्वास ब्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले पनि आफ्नो जिम्मेवारीको उच्च मूल्यांकन गरिदिएकोमा महासंघ प्रतिनिधिमण्डललाई धन्यवाद दिनुभयो ।

