निर्भिक भएर कार्य सम्पादन गर्नुस् – प्रधानन्यायाधीश

चितवन, ४ मंसिर- प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादन गर्दा रतिभर नडराई निर्भिक भएर गर्न न्यायाधीशहरूलाई निर्देशन दिनुभएको छ ।

जिल्ला अदालत चितवनले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै प्रधानन्यायाधीश पराजुलीले यदाकदा न्यायाधीशले गाली र अपजश खप्न परे पनि न्याय सम्पादन गर्दा विचलित नहुन आग्रह गर्नुभयो ।

आफू बहाल भएकै दिन ३९ बँुदे कार्ययोजना जारी गरेको बताउँदै उहाँले भन्नुभयो – “न्यायाधीशहरूको मनोबललाई तेजोबध गराउने हिसाबबाट जो जसरी जहाँबाट परिचालित भएपनि त्यसबाट कति पनि नडराउनुहोला ।”

पुराना मुद्दाहरूलाई कार्ययोजनामा राख्दै चाँडोभन्दा चाँडो फैसला गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

चितवन जिल्ला अदालत बार एशोसियशनले आजै प्रधानन्यायाधीश पराजुलीको अभिनन्दन एवं वरिष्ठ अधिवक्ताहरूको सम्मान ग¥यो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायाधीशका पनि न्यायाधीश कानुन व्यवसायी भएकाले स्वार्थका कारण मर्यादालाई नबिर्सन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here