कक्षा १२ को नियमित तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित

काठमाडौं,१७ साउनःराष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले कक्षा १२ को नियमित तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ । पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो ।

गत वैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६ सय ७५ विद्यार्थीमध्ये एक हजार १ सय ६९ ले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् ।  परीक्षा बोर्डका अनुसार, ११ हजार २ सय २१ ले ३ दशमलव २१ देखि ३ दशमलव ६०, २७ हजार ६सय ४३ ले २ दशमलव ८१ देखि ३ दशमलव २० ल्याएका छन् ।

त्यसैगरी, २ दशमलव ४१ देखि २ दशमलव ८० ल्याउनेको संख्या ५८ हजार ३ सय ४५ छ । बोर्डका अनुसार,  ९० हजार २ सय ९९ ले २ दशमलव १ देखि २ दशमलव ४०, ६६ हजार ४ सय ३८ ले १ दशमलव ६१ देखि २ अंक हासिल गरेका छन् ।  २२ हजार ७ सय ३४ ले १ दशमलव २१ देखि १ दशमलव ६० ल्याएका छन् भने ० दशमलव ८१ देखि १ दशमलव २० ल्याउने चार हजार ४ सय ८७ छन् ।

० दशमलव ०० देखि ० दशमलव ८० ल्याउने १ सय ९९ जना छन् । त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४ सय १४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३ सय २५ अर्थात् ३५ दशमलव २ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जानकारी दिएको छ । आंशिकतर्फको नतिजा भने ग्रेडिङ प्रणालीमा प्रकाशन गरिएको होइन ।

यस बाहेक एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ । यसका लागि चभकगतिक (results -Space_ Symbol number) टाइप गरी ३५००१ मा पठाउन सकिनेछ । इकान्तिपुरले मर्सी एजुकेशनसँगको को सहकार्यमा कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने छन् । परीक्षा भाद्र १६ मा हुनेछ । नतिजामा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here