काठमाडौं,२० बैशाख–संघीय संसदका नियमावली मस्यौदा समितिले मस्यौदा निर्माणका क्रममा देखिएको विवादमाथि भोलि सम्ममा सहमति नजुटे प्रक्रियामा लैजाने भएका छन् ।
भोलि एक दिन शीर्ष तहबाटै सहमतिको पहल गर्ने र सहमति नजुटे पर्सिबाट प्रक्रियामा लैजाने निष्कर्षमा मस्यौदा समितिहरु पुगेका हुन् ।
फौजदारी अभियोगमा पक्राउ परेका सांसद स्वत: निलम्बन हुने/नहुने र प्रतिनिधिसभामा विषगत समितिको संख्याबारे सहमति हुन बाँकी छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले मस्यौदामा सहमति जुटाउन भन्दै धेरै समय कुर्न नसकिने बताउनुभयो ।

