निमास तामाङको हत्यामा संलग्न रहेको भन्दै चार जना पक्राउ

काठमाडौं,११ चैत । सुनसरी उपमहानरपालिका–९ बगैंचामा होली पर्वका दिन निमास तामाङको छुरा प्रहार गरेर हत्या गर्ने चारलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–९ का १८ वर्षीय सुशान्त लिम्बू, धरान ७ पानमाराका १८ वर्षीय मनिष लावती लिम्बू, १७ वर्षीय निश्चल विक र १८ वर्षीय शरण राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।
उनीहरुले व्यक्तिगत रिसिइबीका कारण तामाङको धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेर प्रहरीको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here