निजीक्षेत्रलाई प्रोत्साहन गरिनेः अर्थमन्त्री महरा

काठमाडौं, २४ चैत–  उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले अर्थतन्त्रमा सुधार ल्याउनका लागि पुरानो मानसिकतालाई भत्काउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राज्यप्रति उत्तरदायी भएर राष्ट्रिय अर्थतन्त्रको विकासका लागि नयाँ नीतिका साथ निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो ।

मुलुक नयाँ बजेटको तयारीमा जुटेको प्रसङ्ग उल्लेख गर्दै अर्थमन्त्री महराले आगामी बजेटमा भन्सार, अन्तःशुल्कका साथै विभिन्न विषयमा परम्पराभन्दा भिन्न किसिमले समेटिने उल्लेख गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here