निकुञ्ज भित्र माछा खान रोक

चितवन,२ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज भित्र माछा खान प्रतिबन्ध लगाइएको छ । निकुञ्ज कार्यालय अन्तर्गतको मुख्य कार्यालय ,सेक्टर कार्यालय ,रेन्जपोष्ट ,सुरक्षा पोष्ट लगायत निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना ,निकुञ्ज कार्यालयका कर्मचारीहरु बस्ने मुख्य क्षेत्रहरुमा माछा खान प्रतिबन्ध लगाइएको हो ।

निकुञ्ज क्षेत्र भित्र पर्ने नारायणी ,राप्ती र रिउ नदीमा जाल ,करेन्ट लगाएर माछा मार्ने क्रम बढ्दै गएको र त्यसको नियन्त्रणको लागि निकुञ्ज हाताभित्र माछा खान प्रतिबन्ध लगाइएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्ज र कर्मचारी बस्ने स्थानमा पोखरीको माछा समेत खान प्रतिबन्ध लगाइएको छ । संरक्षणमा थप कडाई गर्न यस्तोखाले नीति अवलम्बन गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here