काठमाडौँ, ५ माघ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले निःशुल्क रुपमा प्राविधिक शिक्षा पढाउने कार्यक्रमअनुसार आवेदन दिनेहरुको प्रवेश परीक्षासम्बन्धी तालिका निर्धारण गरेको छ ।
परिषद्ले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका छात्रछात्रालाई निःशुल्क रुपमा प्राविधिक शिक्षा पढाउने कार्यक्रमअनुसार प्रवेश परीक्षासम्बन्धी तालिका निर्धारण गरेको हो ।
परिषद्ले प्राविधिक एसएलसी र डिप्लोमा÷प्रमाणपत्र तहको अध्ययनका लागि प्रवेश परीक्षा माघ १२ गते सञ्चालन हुने बताइएको छ ।
परीक्षा बिहान सवा १० बजेदेखि सुरु हुनेछ भने तोकिएको केन्द्रबाट माघ १० र ११ गते प्रवेश परीक्षा लिनुपर्नेछ ।
यस्तै परीक्षामा सहभागि हुने विद्यार्थीले कालो जेल रहेको कलम मात्र प्रयोग गर्न पाउने अनिवार्य गरिएको सूचनामा उल्लेख छ ।

