नारायणगढ–मुग्लिन सडकखण्ड अब ६ घण्टा बन्दहुने

काठमाडौं,८ चैत– नारायणगढ–मुग्लिन सडकखण्ड यही चैत १५ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द गरेर निर्माण कार्यलाई तिव्रता दिइने भएको छ ।
दैनिक साढे ४ घण्टा आवागमन रोकेर काम गर्दै आएको सडकखण्डमा यही चैत १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक ६ घण्टा यातायात आवतजावत रोकिने भएको हो ।
अब दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्म सडक बन्द गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जनकारी दिनुभयो ।
वैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी सोही अनुसार र नमिल्ने सवारी साधनले लेन अनुशासन कायम राखी ट्राफिक प्रहरी र कर्मचारीको निर्देशन पालना गरी सञ्चालन गर्न आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here