नारायणगढ–मुग्लिन सडकखण्ड अस्तव्यस्त

काठमाडौं,२३ कार्तिक– नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आउँदो आइतबारदेखि पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भएको छ ।
वर्षा र चाडपर्वको समय परेका कारण झण्डै दुई महिनायतादेखि भित्तो काट्ने काम रोकिएको थियो । भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो । त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ ।

उहाँका अनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, दिउँसो १ बजेदेखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति भएको आयोजनाले जनाएको छ ।
यही कात्तिक २५ गते शनिबार भने नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो ७ घण्टा बन्द हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here