नारायणगढ–मुग्लिन सडकखण्ड फेरि बन्द

काठमाडौं,२२ कार्तिक– नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिउँसो ७ घन्टा बन्द हुने भएको छ । सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो ।
सेती दोभानमा रहेको ठूलो ढुंगा सडकखण्डमा खसेर ठूलो क्षति र्पुयाउन सक्ने सम्भावना रहेकाले त्यसलाई व्यवस्थापन गर्न दुवैतर्फ सवारी सञ्चालनमा रोक लगाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here