नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरै पहिरो

काठमाडौं, १५ असार– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा खसेको पहिरो पन्छाएर आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ ।
गएराति १० बजे कालीखोलाको विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर बिहान ५ बजेदेखि बाटो खुलाइएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
गएरातिको पहिरोले सात घन्टा यातायात अवरुद्ध भएको थियो । पहिरोका कारण राति १० बजे थुनिएका सवारी अहिले गन्तव्यतर्फ गइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।
प्रहरी टोली नै खटाएर गाडी व्यवस्थित बनाई पठाउन थालिएको छ । यातायात सहज हुन अझै केही घन्टा लाग्ने प्रहरीले जनाएको छ ।
पहिरोको उच्च जोखिम क्षेत्र मानिएको कालीखोलामा असार महिना लागेपछि १० पटकभन्दा बढी पहिरो खसिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here