नारायणगढ–मुग्लिन सडकखण्ड फेरि पहिरो- यातायात अवरुद्ध

काठमाडौं,२६ असारःनारायणगढ–मुग्लिन सडकखण्ड फेरि पहिरो गएर अवरुद्ध भएको छ । बिभिन्न तीन ठाउँमा पहिलो खसेपछि बिहानैबाट सवारी साधन सञ्चालन हुन सकेका छैनन् । स्थानीय प्रशासनले पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास गरेपनि वर्षा जारी रहेकाले कठिन भएको जनाएको छ ।

गाईघाट, घुमाउने र टोपे खोलामा पहिरो गएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार गाईघाटमा मध्यरातमै पहिरो गएको थियो । घुमाउने र टोपे खोलामा बिहान पख पहिरो झरेको हो ।

गाईघाट र टोपे खोलामा एक तर्फी गाडी चले पनि घुमाउनेमा ठप्प हुँदा सवारी साधन आरपार हुन सकेका छैनन् । पानी परेसँगै मुग्लिन नारायणगढ सडकमा पहिरो खस्ने गरेको छ । सडक दुई लेनको बनाउन पहाड काटेको ठाउँमा वर्षाका बेला पहिरो जाने समस्याले यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here