काठमाडौं, २२ बैशाख–पृथ्वी राजमार्गअन्तर्गतको नारायणगढ–मुग्लिन सडक खण्ड यही वैशाख २५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ ।
मर्मतका लागि अहिले दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइएको भए पनि स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै वैशाख २५ गतेदेखि आगामी जेठ ३ गतेसम्म आवतजावत सुचारु गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको हो ।
यो समयमा सडक मर्मतको कार्य स्थगित गरिने र यातायात सुचारु गरिने आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

