नायिका करिश्माको ‘बी प्लस’, अब के पढ्ने ?

काठमाडौं,१३ असार । नायिका करिश्मा मानन्धरले एसईईमा ‘बी प्लस’ नतिजा प्राप्त गरेकी छिन् । ‘मैले गरेको प्रयासमा सफल भएकी छु,’ बिहीबार नतिजा सार्वजनिक भएलगत्तै नायिका मानन्धरले भनिन्, ‘अब प्लस टु पढ्ने छु । यसअघि ह्युमनिटीज् पढ्ने सोचेको थिएँ । तर अब म्यानेजमेन्ट पढ्ने निधो गरिसकेकी छु । म सरकारी कलेजमा पढ्ने छु ।’

उनले यसअघि पढेको महिला विद्यालय सामुदायिक भएको बताइन् । ‘नेपाली समाजमा सरकारी विद्यालयलाई गरिबका छोराछोरीमात्र पढ्ने भन्ने गलत मान्यता बसेको छ,’ मानन्धरले भनिन्, ‘मलाई एसईई रिजल्ट आउनुअघि नै ठूला निजी कलेजले फ्रीमा पढाउने अफर गरेको थियो । तर, मैले अस्वीकार गरें । किनभने सबैको पहुँच पुग्ने सरकारी स्कुल र कलेज नै हो । त्यसैले मेरो योजनामा अडिग छु ।’आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here