नाम जुधेपछि ‘नेपाल कम्युनिस्ट पार्टी’मा अन्डरलाइन

काठमाडौं, जेठ ४ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा गरेर बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ । बिहीबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेर प्रधानमन्त्रीसमेत रहेका एकीकृत पार्टीका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताले दल दर्ताका लागि निवेदन दर्ता गरेका हुन् । दुई दलबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएपछि नेताहरु दल दर्ताका लागि आयोग पुगेका थिए । तर आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको दल यसअघि नै दर्ता रहेको पाइएपछि नेताहरुले दलको नाममा ‘अन्डरलाइन’ गरेर आयोगमा बुझाएका छन् । राजधानी दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here