नामिबियासंग खेल्दै नेपाल

काठमाडाैँ, २५ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालले पहिलो खेल आज घरेलु टोली नामिबियासंग खेल्दै छ । खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि सुरु हुनेछ ।

नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) मा तीन अध्यास खेल खेलेर सोझै नामिविया पुगेको हो । यसअघि भएका खेलमा नेपालले नामिवियालाई ३ पटक हराएको छ भने एकपटक मात्र हार व्यहोरोको छ ।

नामिविया बलियो टिम रहे पनि आजको खेलमा जसरी पनि जित निकाल्ने गरि आफुहरु मैदान उत्रने नेपाली टोलीका कप्तान पारस खड्काले बताउनुभयो ।

६ टोली रहेको प्रतियोगिताको शिर्ष २ मा रहने टोली मात्रै विश्वकप क्रिकेटको छनोट खेलमा सहभागिता जनाउन पाउने भएकाले नेपाललाई प्रतियोगिता जित्नै पर्ने दवाब छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here