नागरिक अगुवा पक्राउ

काठमाडाैं २९ फागुन । सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिको विरोधमा प्रदर्शनमा उत्रेका नागरिक अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।

राउतसँगको सहमति राष्ट्रिय हित विपरीत रहेको भन्दै सिंहदरबार अगाडि प्रदर्शनमा उत्रेका कृष्ण पहाडीसहितका नागरिक अगुवालाई प्रहरीले पक्राउ गरेको हो । सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गर्ने क्रममा उनीहरुमाथि धरपकड गरिएको हो ।

विखण्डनकारी अभियान परित्याग गर्ने सहमति भनिएपनि सम्झौताको बुँदा नम्बर दुईले राष्ट्रिय अखण्डतामा प्रहार गरेको नागरिक अगुवाको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here