नागरिकता विधेयक खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रर्दशन

काठमाडौं,२४ चैत । नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ ।
नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिले गरेको प्रर्दशनमा नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जागरण परिषदलगायतका राजनीतिक दल तथा संघ, संगठन सहभागी थिए ।
प्रदर्शनका सहभागीले नागरिकता विधेयक खारेज गर्नुपर्ने, उच्च स्तरीय नागरिकता छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here