नाइजेरियामा आत्मघाती आक्रमण,२४ को मृत्यु

नाइजेरियाको उत्तर-पूर्वी शहर मुबीमा भएको आत्मघाती हमलामा कम्तिमा २४ जनाको मृत्यु भएको छ । अरु एक दर्जन बढी घाइते भएका छन् ।

दिउँसोको प्रार्थनाको तयारी भइरहेको बेला मस्जिदभित्र र बाहिर विष्फोट भएको थियो । बोको हराम सन् २००९ देखि नाइजेरियाको उत्तरी क्षेत्रलाई इस्लामिक स्टेट बनाउनुपर्ने माग राख्दै संघर्ष गर्दै आएको छ । बोको हरामको आक्रमणबाट नाइजेरियामा हालसम्म २० हजार मानिस मारिइसकेका छन् भने करिब २० लाख मानिस बिस्थापित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here